शनिबार, भदौ ६, २०८३

राहत वितरणमा विवाद हुँदा अश्रु ग्यास र हवाई फायर

जनकपुरधाम– राहतको विषयमा विवाद हुँदा प्रहरीले सिरहामा हवाई फायर गरेको छ । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फूलबरीयामा राहतको विषयमा विवाद हुँदा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको हो ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

जनकपुरधाम– राहतको विषयमा विवाद हुँदा प्रहरीले सिरहामा हवाई फायर गरेको छ । सिरहाको मिर्चैया नगरपालिका–७ स्थित फूलबरीयामा राहतको विषयमा विवाद हुँदा प्रहरीले ९ राउण्ड हवाई फायर गरेको हो ।

वास्तविक पीडितलाई राहत नबाँडिएको भन्दै वडाध्यक्ष रामकुमार यादवको नेतृत्वमा पुगेको टोलीमाथि ढुंगामुढा भएको थियो । ढुंगामुढापछि भएको दोहरो झडपले उग्र रुप लिएपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

स्थिति तनावग्रस्त बनेपछि भीड तितरबितर गर्न प्रहरीले ९ राउण्ड हवाई फायर र ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

लकडाउनका कारण समस्यामा परेका गरिब विपन्नलाई राहत नदिएर वडाध्यक्षले आफू नजिकका मानिसलाई राहत बाँडेको भन्दै स्थानीय आक्रोशित बनेका थिए ।

दोहरो झडपमा परी पाँचजना प्रहरी घाइते भएको बताइएको छ । घाइते प्रहरीको मिर्चैयामा उपचार भइरहेको छ ।

 

प्रकाशित: May 04, 2020| 18:54 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।