शनिबार, भदौ ६, २०८३

सवारी साधनबाट सामग्री चोरी गर्ने ३ जना पक्राउ

लकडाउनको समयमा पार्किङ गरिराखेको सवारी साधनबाट टेलिभिजन, क्यासेट प्लेयर र स्पिकर लगायतका चोरीका सामानसहित धादिङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

धादिङ- लकडाउनको समयमा पार्किङ गरिराखेको सवारी साधनबाट टेलिभिजन, क्यासेट प्लेयर र स्पिकर लगायतका चोरीका सामानसहित धादिङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिद्धलेक गाउँपालिका–५ पोखरीका २२ वर्षीय अभिषेक श्रेष्ठ, १९ वर्षीय श्याम श्रेष्ठ र २५ वर्षीय अजय श्रेष्ठ छन्।

उनीहरुबाट चोरीका एलइडी टिभी ६ थान, क्यासेट प्लेयर ३ थान, स्पिकर १ थान र चोरी गर्न प्रयोग भएका औजारहरु ४ थान बरामद गरेको प्रहरीले जनाएको छ।

उनीहरुले निलकण्ठ नगरपालिका–३ स्थित कसाई टोलमा पार्किङ गरी राखेका बा.४ ख ७३८० नम्बरको बस, सोही नगरपालिका–८ बिर्तावेशीमा पार्किङ गरी राखेको ना.४ ख २८९१ नम्बरको बस, सोही नगरपालिका–३ पुच्छार बजारमा पार्किङ गरेको ना.६ ख ९१३० नम्बरको बस, सोही ठाउँमा पार्किङ गरी राखेको प्र.३–००५ ख ९५७२ नम्बरको बस र सोही नगरपालिका–३ स्थित जिल्ला अस्पतालअगाडि पार्किङ गरी राखेको लु.२ ख १९५४ नम्बरको बसबाट विभिन्न मितिमा चोरी गरेको खुलेको प्रहरीले जनाएको छ।

चोरीमा संलग्नमध्ये एक जना फरार रहेकोले प्रहरीले खोजी गरिरहेको जनाएको छ। उनीहरुविरुद्ध चोरी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 04, 2020| 17:21 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।