शनिबार, भदौ ६, २०८३

अहिलेसम्म ६४ हजारको परीक्षण, कहाँ कति संक्रमित

नेपालमा अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ६४० जना र आरडिटी विधिबाट ५० हजार ८४५ जनामा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

काठमाडौं- नेपालमा अहिलेसम्म पीसीआर विधिबाट १३ हजार ६४० जना र आरडिटी विधिबाट ५० हजार ८४५ जनामा कोरोना भाइरस संक्रमणको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास  देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट अहिलेसम्म ६४ हजार ४८५ जनाको परिक्षण गरिएको जानकारी दिएका छन्।

परीक्षण गरिएकामध्ये अहिलेसम्म ७५ जनामा मात्र संक्रमण देखिएको छ। संक्रमितमध्ये ५८ पुरुष र १७ महिला छन् । यिमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

त्यस्तै कोरोना संक्रमणका शंकास्पद १०६ जना आईसोलेसनमा छन् भने देशभर २१ हजार ५२३ जनालाई क्वारेन्टिनमा राखिएको छ।

संक्रमितमध्ये प्रदेश १ मा ३१ जना, प्रदेश २ मा १३ जना, बागमतीमा ७ जना, गण्डकीमा २ जना, प्रदेश ५ मा १७ जना, सुदुरपश्चिममा ५ जना छन्। कर्णाली प्रदेशमा अहिलेसम्म कुनै पनि संक्रमित भेटिएका छैनन् ।

संक्रमितमध्ये रुपन्देहीमा १, नेपालगञ्जमा १६, विराटनगरमा ३१, वीरगञ्जमा ९, भरतपुरमा १ र धनगढीमा १ जनाको उपचार भइरहेको छ।
उपचाररत सबैको अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

संक्रमण रोक्ने नाममा मानिसमाथि रसायन नछर्किन आग्रह

कोरोना भाइरस मार्न भन्दै विभिन्न स्थानमा मानिसहरुमाथि किटनासक औषधि छर्कने क्रम सुरु भएपछि स्वास्थ्य मन्त्रालयले त्यस्तो नगर्न आग्रह गरेको छ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले डिसइन्फेक्टेड गर्ने नाउँमा अहिले प्रयोग गरिएका रसायनहरुले मानिसको आँखा, मुख, नाक, छाला आदिमा हानी पुर्‍याउने र श्वासप्रश्वासमा समस्या हुने जानकारी दिए।

प्राय पानीमा मिसाइएको सोडियम हाइड्रो क्लोराइड, र क्लोरिनको झोल छर्किने गरेको पाइएको भन्दै त्यसो गर्नु हानिकारक हुनसक्ने प्रवक्ता देवकोटाले बताए।

शरीरमा कोरोना भाइरस प्रवेश गरिसकेपछि अल्कोहल, ब्लिच, किटनासक झोल, क्लोरिन जस्ता रसायनले भाइरस नमर्ने उनको भनाई थियो।
तर सही तरिकाले प्रयोग गरिएमा भुइँ, प्याकिङ गरिएका सामग्री, सवारी साधनमा पनि यस्तो रसायन प्रयोग गर्न सकिने उनले बताए।

 

प्रकाशित: May 04, 2020| 17:15 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।