मंगलबार, असार ३०, २०८३

‘फिक्सिङ गर्ने अरु पनि छन्, सजायचाहिँ मलाईमात्र किन ?’

एजेन्सी– स्पट फिक्सिङमा दोषी पाइएका पाकिस्तानी स्पिड बलर मोहम्मद आसिफले पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)लाई दोस्रो मौका नदिएको आरोप लगाएका छन्। उनले फिक्सिङमा सामेल भएको आफू एकमात्र खेलाडी नभएको भन्दै एक मौका दिनुपर्ने बताएका हुन्।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

एजेन्सी– स्पट फिक्सिङमा दोषी पाइएका पाकिस्तानी स्पिड बलर मोहम्मद आसिफले पाकिस्तानी क्रिकेट बोर्ड (पीसीबी)लाई दोस्रो मौका नदिएको आरोप लगाएका छन्। उनले फिक्सिङमा सामेल भएको आफू एकमात्र खेलाडी नभएको भन्दै एक मौका दिनुपर्ने बताएका हुन्।

‘मभन्दा पहिले र पछि पनि धेरै क्रिकेटरले यस्तो गरेका छन्,’ उनले ईएसपीएन क्रिकइन्फोसँग भने, ‘पीसीबीले मसँग राम्रो व्यवहार गर्नुपर्ने थियो। किनकी पीसीबीले फिक्सिङमा सहभागी भएका धेरै खेलाडीलाई अर्को मौका दिएको छ।’

त्यस्तै आसिफले पीसीबीले उनलाई बचाउन कोसिस नगरेको आरोपसमेत लगाएका छन्। उनले मानिस भएपछि अन्जानमै गल्ती हुने भन्दै आफूले पनि एकपटक गल्ती गरेको बताएका छन्।

‘मभन्दा अघि र पछि फिक्सिङ गर्ने धेरै खेलाडी अहिले पनि क्रिकेट खेलिरहेका छन्। कोही पीसीबीसँग काम गरिरहेका छन्। पीसीबीले यो सबै जानेर पनि मलाई बचाउन कोसिस गरेको छैन,’ उनले भने। तर उनले अन्य खेलाडीको भने नाम लिन चाहेनन्।

आसिफले आफूलाई सबैले राम्रो मान्ने भएको भन्दै पीसीबीमाथी सो आरोप लगाएका थिए।

उनले सन् २०१० मा इंग्ल्यान्डविरुद्ध नो बल फ्यालेका थिए। पैसाको लोभमा नो बल फ्यालेको प्रमाणित भएपछि उनलाई ७ वर्षको प्रतिबन्ध लगाइएको थियो।

प्रकाशित: May 04, 2020| 15:46 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।