शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांसद यादव 'अपहरण' को जाहेरी सरकारी वकिलको कार्यालयमा दर्ता

सांसद यादव 'अपहरण' को जाहेरी सरकारी वकिलको कार्यालयमा दर्ता

नवगठित जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अपहरण भएको भन्दै दिइएको जाहेरी निवेदन सरकारी वकिलको कार्यालयले दर्ता गरेको छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

काठमाडौं– नवगठित जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवको अपहरण भएको भन्दै दिइएको जाहेरी निवेदन सरकारी वकिलको कार्यालयले दर्ता गरेको छ।

पार्टीका महासचिव केशव झाका अनुसार सरकारी वकिलको कार्यालय, काठमाडौंले सोमबार अपहरणमा परेका भनिएका यादवले दिएको किटानी जाहेरी दर्ता गरेको हो।

जाहेरीको दर्ता नम्बर १०४७ छ।

यसअघि प्रहरीले किटानी जाहेरी दर्ता गर्न अस्वीकार गरेपछि नेताहरु सरकारी वकिलको कार्यालय पुगेको थिए र त्यहाँ पनि जाहेरी दर्ता हुनसकेको थिएन।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसदद्वय महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले सांसद यादवको अपहरण गरेको आरोप लगाइएको छ।

सरकारी वकिलको कार्यालयले किटानी जाहेरी दर्ता गरेपछि छानवीनका लागि प्रहरीमा लेखिपठाउने छ।

प्रकाशित: May 04, 2020| 14:35 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।