शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित बढे, सरकारको ध्यानाकर्षण होस् : कांग्रेस

कोरोना संक्रमित बढे, सरकारको ध्यानाकर्षण होस् : कांग्रेस

बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

बाँकेको नेपालगञ्जमा एकै दिनमा १५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरी नेपालगञ्जमा व्यापक परीक्षणको दायरा बढाउन आग्रह गरेका छन्।

खाणले त्यस क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्ने तथा आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ठ व्यवस्थाका साथै विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्न आग्रह गरेका छन्।

संक्रमित व्यक्तिहरु अरुसँग सम्पर्कमा पुगेकाले सम्पर्कमा आएका व्यक्तिहरुको तत्काल खोजी गरी परिक्षण गर्नुपर्ने र थप संक्रमण फैलन नदिन सावधानी अपनाउनुपर्ने बारे सचेतक खाणले आग्रह गरे।

यसैगरी, रुपन्देही जिल्लाको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिका १ का भारतबाट आएका युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको हुँदा उनको सम्पर्कमा आएको व्यक्तिमा पनि संक्रमणको उच्च जोखिम भएकोले पहिचान गरी परिक्षण कार्यलाई तीव्रता दिनुपर्ने खाणले आग्रह गरे।

खाणसँगको कुराकानीमा मन्त्री ढकालले त्यसतर्फ सरकार यथासिघ्र लाग्ने बताएका थिए।

प्रकाशित: May 04, 2020| 14:07 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।