शनिबार, भदौ ६, २०८३

श्रीमती हत्याको आरोपमा पक्राउ

श्रीमती हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा प्रहरीले मिथिला नगरपालिका–९ लालभित्ती बस्ने हरि चौहानलाई आइतबार पक्राउ गरेको हो।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

धनुषा - श्रीमती हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। २३ वर्षीया श्रीमती बिनु चौहान लामाको हत्या गरेको अभियोगमा प्रहरीले मिथिला नगरपालिका–९ लालभित्ती बस्ने हरि चौहानलाई आइतबार पक्राउ गरेको हो।

झगडा गरी घरबाट हिँडेकी बिनु सम्पर्कमा नआएको भनी हरिले शुक्रबार प्रहरी चौकी लालगढमा मौखिक जानकारी गराउनासाथ प्रहरीले बिनुको खोजी तथा अनुसन्धान सुरु गरेको थियो। सो क्रममा सोही नगरपालिका-१० लालगढस्थित सामुदायिक वनको मगरनी खोल्सामा हत्या गरेर गाडेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केवर र प्रहरी चौकी लालगढबाट खटिएको प्रहरीले उक्त स्थानमा उत्खनन् गर्दा बिनुको शव फेला पारेको थियो।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा हरिले नै हत्या गरेको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

प्रकाशित: May 04, 2020| 13:43 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।