शनिबार, भदौ ६, २०८३

उड्न ठिक्क परेका हुम्ली विमानस्थलमै रोकिए

नेपालगञ्जमा कोरोना भाइरसका संक्रमित भेटिएपछि हवाई उडान रोकिएको छ। कोरोनाको जोखिम बढेको भन्दै पाइलटले विमान उडाउन आफूहरु असमर्थ भएको बताएका छन्।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

नेपालगञ्जमा कोरोना भाइरसका संक्रमित भेटिएपछि हवाई उडान रोकिएको छ। कोरोनाको जोखिम बढेको भन्दै पाइलटले विमान उडाउन आफूहरु असमर्थ भएको बताएका छन्।

अकस्मात् उडान रोकिँदा जहाजबाट उद्धार गर्न लागिएका हुम्लाका मानिस अलपत्र परेका छन्। उद्धारका लागि स्थानीय तहले जहाज चार्टर गरेकाले उनीहरु नेपालगञ्ज विमानस्थलमा पुगेका थिए। गाउँ फर्कन पाउनुपर्ने माग राख्दै उनीहरु विमानस्थलको गेटमै धर्ना बसेका छन् ।

हवाई उडानको संयोजन गरिरहेका रणसिंह परियारका अनुसार करिब २ सय हुम्ली विमानस्थलमा अलपत्र परेका छन्। ‘दुई वटा उडानको टिकट नै लिइसकेका छौँ तर जोखिम बढेको भन्दै पाइलटले जहाज उडाउन मानेका छैनन्,’ उनले भने, ‘जिल्ला फर्कन पाउनुपर्ने माग गर्दै विमानस्थल पुगेका नागरिकहरु धर्ना बसेको दुई घण्टा भइसक्यो ।’

कोरोना संक्रमित भेटिएपछि नेपालगञ्जमा बस्नसमेत समस्या भएको उनले जनाए । ‘बस्दै आएको होटल र कोठा छोडिसकेका छौँ, पुनः फर्केर गए पनि बस्न दिएका छैनन्,’ उनले भने, बिहानदेखि भोकै छौँ । अब त रोगभन्दा भोकले मर्ने चिन्ता बढ्यो ।’

यता सुर्खेतबाट विमान चार्टरको संयोजन गरिरहेका कार्चेन लामाले पनि उडान रोकिएपछि खान र बस्नको समस्या भएको बताए। ‘महिना दिन लामो लकडाउनले पकेट खर्च सकियो, ऋण काढेर जिल्ला जाने योजना बनाएका थियौं। एक्कासि उडान रोकियो । के खाने, कहाँ बस्ने समस्या भयो ।’

सुर्खेतबाट ३ उडान भरेमात्र ठूलो राहत हुने उनले बताए । उडान रोकिएपछि बालबालिका र महिलाहरुलाई बढी समस्या भएको छ । सुर्खेतबाट नाक्खा गाउँपालिकासम्म पुग्न झण्डै दुई साता लाग्ने उनको भनाइ छ ।

राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लाका नागरिकका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजसम्म विमान उडानको अनुमति दिएको थियो । उडानको अनुमति पाएपछि शनिबारदेखि यात्रुले विमान चार्टर गरेर गाउँ फर्कन थालेका थिए ।

सुर्खेत र नेपालगञ्जबाट करिव ९ सय नागरिकलाई जिल्ला पुर्याउन सिता, तारा, गोमा र सिम्रिक एयरले हिजो र अस्ती उडान भरेका थिए । हालसम्म सुर्खेतबाट १३४ र नेपालगञ्जबाट ३०६ जना मात्रै हुम्ला पुगेका छन् ।

प्रकाशित: May 04, 2020| 13:10 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।