शनिबार, भदौ ६, २०८३

भारतबाट आएका २४ नेपाली दसगजामै अलपत्र

भारतका विभिन्न स्थानबाट आएका २४ नेपाली धनुषा सीमाको दसगजा क्षेत्रमा अलपत्र परेका छन्।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट आएका २४ नेपाली धनुषा सीमाको दसगजा क्षेत्रमा अलपत्र परेका छन्। सशस्त्र प्रहरीले सीमा प्रवेश गर्न रोक लगाएपछि उनीहरु अलपत्र परेका हुन्।

उनीहरु धनुषाको महिनाथपुर र इनर्वा नाकाको दसगजा क्षेत्रमा फसेका हुन्।  महिनाथपुर नाकामा १३ जना आइतबार रातिदेखि रोकिएका छन् भने इनर्वा नाकामा सोमबार बिहान आइपुगेका ११ जना अलपत्र परेको स्थानीयवासीले जनाएका छन्।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भारतबाट आएकालाई नेपाल प्रवेश गर्न नदिने अहिलेको नीतिअनुसार उनीहरुलाई दसगजामै रोकिएको बताए।

‘मानिस आवतजावत गर्न नदिने दुवै देशको नीति छ, जो जहाँ छन् त्यहीं बस्नुपर्नेछ,’ उनले भने, ‘उहाँहरु जहाँबाट आउनुभएको छ, उतै फर्कनुपर्ने हुन्छ।’

उनीहरु महिनाथपुर सीमाको दसगजा क्षेत्रमा पाल टाँगेर बसेका छन्। विदेह नगरपालिकाका मेयर बेचन दासले नाकासम्म आइपुगेकालाई घरसम्म पुग्ने वातावरण बनाइदिन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरे पनि सुनवाइ नभएको बताए।

‘महिला तथा बालबालिकासमेत आइतबार रातिदेखि दसगजामा फसेका छन्। उनीहरु सबै भारतको क्वारेन्टाइनमा बसेर आएका छन्,’ दासले भने, ‘गाउँसम्म आएकालाई घरसम्म लैजान सहयोग गरिदिन प्रदेश प्रमुखदेखि प्रमुख जिल्ला अधिकारी सबैलाई भनेको छु। तर, कुनै पहल भएको छैन।’

रोजगारीका लागि भारतका विभिन्न स्थानमा रहेका उनीहरु ‘लकडाउन’ पछि कामबाट निकालिएपछि घर फर्कन पैदल हिंडेर नाकासम्म आइपुगेको बताइएको छ।

 

प्रकाशित: May 04, 2020| 12:35 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।