शनिबार, भदौ ६, २०८३

टोलटोलमा बार लगाउन थाले नेपालगन्जका स्थानीय 

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा रहेको बाँकेको नेपालगन्जमा स्थानीयहरूले टोलटोलमा बार लगाउन थालेका छन्।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) संक्रमणको उच्च जोखिममा रहेको बाँकेको नेपालगन्जमा स्थानीयहरूले टोलटोलमा बार लगाउन थालेका छन्।

बाहिरको मानिस टोल भित्र छिर्न नदिन स्थानीयहरूले टोलको प्रवेशद्वारमै बार लगाउन थालेका हुन्। नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोजी चोकदेखि खजुरा रोड शिवशक्ति टोल, वडा नम्बर २ घरबारी टोल प्रवेश गर्ने सडकमा स्थानीयले काठको बार लगाएका छन्।

शिवशक्ति टोलका स्थानीय देवीलाल चौलागाईले अनावश्यक रूपमा बाहिरका मानिस टोलमा प्रवेश गर्न थालेपछि स्थानीयले बार लगाएको बताए। घर घरमा तरकारी बिक्रीका लागि मानिस आउने क्रम नरोकिएपछि टोल नै सिल गर्नुपरेको उनले सुनाए।

वडाअध्यक्ष प्रमोद रिजालले पनि घरमै उपलब्ध चिजवस्तु खाएर बस्न र तरकारी नै किन्ने नाममा बाहिर नजान र अरुलाई पनि आउन नदिन अपिल गरेका छन्।

नेपालगञ्जमा आइतबार एकै दिन १५ जनामा कोरोना संक्रमण भेटिएपछि स्थानीयमा त्रास फैलिएको छ। चार दिनअघि ६० वर्षीय एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएपछि प्रशासनले नेपालगन्जका चार वटा टोल सिल गरेको थियो।

ती संक्रमित पुरुषको सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन गरिएको थियो। जसमध्ये करिव आधाको भेरी अस्पतालस्थित पीसीआर ल्याबमा परीक्षण भइरहेको बुझिएको छ।

प्रकाशित: May 04, 2020| 12:26 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।