शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दलबदल गर्दा पद गुमेका वडाअध्यक्ष अहिले पनि जिम्मेवारीमै 

दलबदल गर्दा पद गुमेका वडाअध्यक्ष अहिले पनि जिम्मेवारीमै 

दलबदल गर्दा पद गुमेका जनप्रतिनिधिहरू पनि जिम्मेवारीमै रहेको पाइएको छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

काठमाडौं– दलबदल गरेपछि निर्वाचन आयोगले खारेज गरी पद गुमेका जनप्रतिनिधिहरू अझै पनि जिम्मेवारीमै रहेर काम गरिरहेको पाइएको छ।

बैतडी र दार्चुलाका दुई वडाअध्यक्षले दल बदल गरेपछि निर्वाचन आयोगले पदमुक्त गरी पद रिक्तको निर्णय गरेका बैतडीको डिलासैनी गाउँपालिका–७ का वडाअध्यक्ष प्रेमसिंह धामी र दार्चुलाको मार्मा–६ का वडाअध्यक्ष महादेवसिंह डडाल जिम्मेवारीमै रहेको पाइएको हो।

निर्वाचन आयोगले दलबदल गरेका कारण धामी र डडाललाई पदमुक्त गरेको थियो।

डिलासैनी गाउँपालिका अध्यक्ष उकेन्द्रबहादुर बोहोराले निर्वाचन आयोगबाट आधिकारिक जानकारी नआउँदा धामी अध्यक्षकै रूपमा काम गरिरहेको बताए। डडालले निर्वाचन आयोगको निर्णयविरुद्ध आफूहरू सर्वोच्च अदालतमा गएको र कुनै आदेश नहुँदा काम गरिरहेको बताए।

दुवै अध्यक्ष २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएकोमा पछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका थिए।

नेकपा प्रवेश गरेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले दल त्याग गरेको बारेमा निर्वाचन आयोगलाई जानकारी गराएको थियो ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७४ अनुरूप संघ, प्रदेश र स्थानीय तहका जुनसुकै जनप्रतिनिधिले पनि दल त्याग गरेमा वा सम्बन्धित दलले प्रक्रिया पूरा गरी कारवाही गरेको आधिकारिक जानकारी गराएमा पद रिक्त हुने जनाएको छ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सार्वजनिक स्रूचना जारी भइसकेकाले गाउँपालिकाले जानकारी नभएको भन्न नमिल्ने बताए।

प्रकाशित: May 04, 2020| 11:48 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।