काठमाडौं- बिहानैदेखि परेको वर्षाका कारण मुग्लिन नारायणगढ सडक खण्डको जलवीरेमा पहिरो गएको छ। पहिरोले सडक अवरुद्ध हुँदा सवारी आवगमन ठप्प भएको छ।
लकडाउनका कारण अत्यावश्यक मात्र चलेका सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन्। प्रहरीले पहिरो खुलाउने प्रयास जारी रहेको जनाएको छ।