शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घरबाहिर निस्किएका ११ सय ३३ जना एकाबिहानै पक्राउ, काठमाडौं छिर्ने नाकामा थप कडाइ

घरबाहिर निस्किएका ११ सय ३३ जना एकाबिहानै पक्राउ, काठमाडौं छिर्ने नाकामा थप कडाइ

लकडाउन उल्लंघन गर्दै घरबाहिर निस्किएका १ हजार १ सय ३३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

काठमाडौं- लकडाउन उल्लंघन गर्दै घरबाहिर निस्किएका ११ सय ३३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

एकै दिनमा १६ जना कोरोना संक्रमित भेटिएपछि लकडाउनमा थप कडाइ गरेको प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट सडकमा निस्किएका उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा २ सय ८६ महिला र ८ सय ४७ जना पुरुष रहेका छन् । पक्राउ परेकाहरुलाई दुई घण्टा सडकमै राखेर कोरोना सचेतना कक्षा दिइएको महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले जानकारी दिए ।

सरकारले लकडाउन घोषणा गरेको चैत ११ गतेपछि प्रत्येक दिन २५ सयभन्दा बढी मानिस कारबाहीमा पर्ने गरेका छन्। लकडाउनका बेलामा पनि तरकारी, दुध किन्ने बाहानामा घर बाहिर निस्किनेहरुको संख्या बढ्दै गएको छ ।

त्यस्तै लकडाउनको समयमा पास नै नलिई सवारी चलाएको भन्दै प्रहरीले सोमबार बिहान ६८ वटा सवारी नियन्त्रणमा लिएको छ ।

यसैगरि काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा प्रहरीले कडाइ गरेको छ । खासगरि नौविसे–नागढुंगा क्षेत्रमा प्रहरी विशेष निगरानी गरेको छ । यस्तै अन्य मुख्य र साहयक नाकाहरुमा पनि प्रहरीको तैनाथी बढाएको महानागरीय प्रहरी प्रमुख पोखरेलले जानकारी दिए ।

प्रकाशित: May 04, 2020| 08:56 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।