मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बिडेनले भने– म राष्ट्रपति भएँ भने महिला फुटबल टिमको माग पूरा गर्नेछु

बिडेनले भने– म राष्ट्रपति भएँ भने महिला फुटबल टिमको माग पूरा गर्नेछु

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीका प्रस्तावित उम्मेदवार जो बिडेनले महिला फुटबल टिमलाई समर्थन गरेका छन्।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक पार्टीका प्रस्तावित उम्मेदवार जो बिडेनले महिला फुटबल टिमलाई समर्थन गरेका छन्।

उनले समान तलबको माग जायज रहेको भन्दै उनीहरूलाई समर्थन गरेका हुन्। उनले भने, “म राष्ट्रपति भए भने टिमको माग पूरा गर्नेछु।”

यसपहिले क्यालिफोर्नियाको एक जिल्ला अदालतले समान तलबको मुद्दा खारेज गरिदिएको थियो। अदालतले महिला फुटबलमा तलबबाहेक अन्य सेवा सुविधाको खर्च धेरै भएको भन्दै मुद्दा खारेज गरिदिएको थियो।

फैसला सुनेपछि जो बिडेनले ट्विटरमा लेखेका छन्, “आफ्नो लडाइँलाई नछोड्नु होला। म राष्ट्रपति बने भनेँ यसबारे पहल गर्नेछु।”

महिला टोलीले समान तलबको अवधारणा अनुसार ६६ मिलियन डलरको माग गरेका थिए। जसको विरुद्धमा अदालतले ३२ पेजको फैसला सुनाएको थियो।

फैसलापछि अमेरिकी खेलाडी मेगन रेपिनोले संघर्ष जारी राख्ने बताएकी थिइन्। त्यस्तै टिमकी प्रवक्ता माली लेविन्सले पनि फैसला निराशाजनक भएको तर महिला खेलाडीलाई अन्याय हुन नदिने बताएकी थिइन्।

सन् २०१९ को विश्वकपको विजेता रहेको अमेरिकी महिला टोलीले ४ मिलियन डलर पाएको थियो। तर, सन् २०१८ मा सम्पन्न पुरुष फिफा विश्वकपको विजेता फ्रान्सले ३८ मिलियन डलर पाएको थियो।

महिला विश्वकपको बजेट अन्तिम संस्करणको पुरुष विश्वकपको ७.५ प्रतिशत थियो।

एजेन्सी

 

प्रकाशित: May 04, 2020| 08:56 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।