शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विश्वभर आधाले घट्यो कोरोनाबाट हुने मृत्यु, कुन देशकाे अवस्था कस्ताे ?

विश्वभर आधाले घट्यो कोरोनाबाट हुने मृत्यु, कुन देशकाे अवस्था कस्ताे ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको दर करिब आधाले घटेको छ ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको दर करिब आधाले घटेको छ ।

वर्डओमिटरले राखेको तथ्यांकअनुसार पछिल्लो एकसाताको अवधीमा कोरोनाबाट मृत्यु हुनेको दर क्रमशः घट्दै करिब आधामा झरेको हो ।

वैशाख १६ गते मंगलबारका दिन विश्वभरका ६ हजार ६ सय ८८ जनाले कोरोनबाट ज्यान गुमाएका थिए । वैशख २१ गते सोमबारका दिन यो संख्या करिब आधाले घटेर ३ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ ।

वैशाख १६ मा ६ हजार ६ सय ८८ जनको मृत्यु भएकोमा त्यसयता मृत्युदर लगातार घटेको छ ।

वैशाख १७ गते ६ हजार ५ सय ९३, वैशाख १८ गते ५ हजार ७ सय ९५, वैशाख १९ गते ५ हजार ६ सय २४, वैशाख २० गते ५ हजार २ सय १७ र वैशाख २१ गते ३ हजार ४ सय ५१ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट आक्रान्त भएका अमेरिका, स्पेन, इलाटी, वेलायत, फ्रान्सलगायतका धेरैजसो मुलुकमा संक्रमण दरसँगै मृत्यु दर पनि घटेको छ ।

अमेरिकामा शनिबार १ हजार ८ सय ९७ जनाको मृत्यु भएको थियो । आइतबार १ हजार ६ सय ९१, सोमबार (हिजो) १ हजार १ सय ५४ जनाको मृत्यु भएको छ ।

यस्तै स्पेनमा शनिबार २८१, आइतबार २७६ सोमबार १६४ जनाको मृत्यु भएको छ । इटालीमा आइतबार ४७४ जनाको मृत्यु भएकोमा सोमबार ३ सयले घटेर १७४ जनाको मृत्यु भएको छ ।

वेलायतमा आइतबार ६२१ को मृत्यु भएको थियो भने सोमबार ३१५ जनाको मृत्यु भएको छ । फ्रान्समा आइतबार १६६ जनाको मृत्यु भएको थियो भने सोमबार १३५ जनाको मृत्यु भएको छ।

प्रकाशित: May 04, 2020| 07:58 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।