शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बुधबारसम्म हावाहुरी र चट्याङसहित वर्षा हुन सक्ने, यस्ताे हुनेछ तीन दिनकाे माैसम

बुधबारसम्म हावाहुरी र चट्याङसहित वर्षा हुन सक्ने, यस्ताे हुनेछ तीन दिनकाे माैसम

देशका केही भागमा मेघ गर्जन र चट्टयाङसहित वर्षा गराउने बादल विकसित भइरहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
 |  सोमबार, वैशाख २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २२, २०७७

देशका केही भागमा मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

सुदूरपश्चिम, कर्णालीका अधिकांश भूभागमा, प्रदेश ५ र गण्डकी प्रदेश तथा बागमती प्रदेशका केही स्थानमा यस्तो बादल विकसित भइरहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उक्त प्रणाली पूर्वतर्फ सर्दैछ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको र स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ। पश्चिमी भूभागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

वैशाख २२ गते सोमबार

देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

वैशाख २३ गते मंगलबार

देशको अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। देशको पश्चिमी भूभागका धरै स्थानहरूमा साथै मध्य तथा पुर्वका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेको छ।

वैशाख २४ गते बुधबार

देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।देशको पहाडी भूभागका केहि स्थानहरूका साथै पूर्वी र मध्य तराईका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: May 04, 2020| 07:21 सोमबार, वैशाख २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।