शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपालगन्जमा थप ६ जनामा कोरोना, जम्मा संख्या ७५ पुग्याे

नेपालगन्जमा थप ६ जनामा कोरोना, जम्मा संख्या ७५ पुग्याे

बाँकेको नेपालगन्जमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

काठमाडौं- बाँकेको नेपालगन्जमा थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो।

उनीहरु नेपालगन्ज उपमहानगरपालिका ८ निवासी १६, २१ र ३४ वर्षका पुरुष र ४०, ५५ र ६० वर्षका महिला छन्।
योसहित नेपालमा कुल संक्रमितको संख्या ७५ पुगेको छ।

केही दिनअघि नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। ती व्यक्तिको कन्ट्याक ट्रेसिङ गरेर ९० जनाको स्वाब संकलन परीक्षणका लागि प्रयोगशाला लगिएको थियो। तीमध्ये परीक्षण भइसकेको नमुनामा अहिलेसम्म १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

एकै दिन १० जनामा कोरोना संक्रमण, जम्मा संख्या ६९ पुग्यो

 

प्रकाशित: May 03, 2020| 20:00 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।