काठमाडौं- नेपाल विद्यार्थीले विद्यार्थीलाई इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराउन माग गरेको छ।
संघले दूर सञ्चार सेवा प्रदायकको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका महाप्रबन्धक डिल्लीराम अधिकारीलाई आइतबार भिन्नाभिन्नै ज्ञापनपत्र बुझाई यस्तो माग गरेको हो।
दुवै निकायमा संघका महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा ज्ञापनपत्र बुझाइएको थियो। नेपाल टेलिकमलाई सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको बजेट त्यसतर्फ खर्च गर्न अनुरोध गरिएको महामन्त्री तिमल्सिनाले बताए।