शनिबार, भदौ ६, २०८३

बढुवा भएका ३ सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनामा बढुवा भएका तीन सैनिक अधिकृतलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

काठमाडौं- नेपाली सेनामा बढुवा भएका तीन सैनिक अधिकृतलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

रथीमा बढुवा भएका एक जना तथा उपरथीमा बढुवा भएका दुई गरी तीन सैनिक अधिकृतलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

मन्त्रिपरिषद्को बैशाख १४ गतेको निर्णयअनुसार रथीमा बढुवा भएका प्रभुराम शर्मा र उपरथीमा बढुवा भएका आनन्दकुमार अधिकारी र संजय थापालाई सैनिक मुख्यालयमा आयोजित एक कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

रथीमा बढुवा भएका शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ।

यस्तै उपरथीमा बढुवा भएका अधिकारीलाई उपत्यका पृतना हेडक्वार्टरको पृतनापति तथा अर्का उपरथी थापालाई मध्यपश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिइएको मुख्यालयले जनाएको छ।

प्रकाशित: May 03, 2020| 18:16 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।