शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतको क्वारेन्टिनबाट भागेका २१ नेपाली बाँकेको नरैनापुरमा अलपत्र

भारतको क्वारेन्टिनबाट भागेका २१ नेपाली बाँकेको नरैनापुरमा अलपत्र

 भारतको क्वारेन्टाइनमा रहेका २१ जना नेपालीहरु त्यहाँबाट भागेर बाँकेके नरैनापुर गाउँपालिकामा आइपुगेका छन।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

काठमाडौं- भारतको क्वारेन्टाइनमा रहेका २१ जना नेपालीहरु त्यहाँबाट भागेर बाँकेके नरैनापुर गाउँपालिकामा आइपुगेका छन। 

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद  साहले बाँकेको सुइया नाका हुँदै २० गते नेपाल प्रवेश गरेका २१ जना नागरिक सीमा नजिकै नेपालतर्फ विभिन्न ठाउँमा रहेको जानकारी दिएका छन्।

भारतको क्वारेन्टाइनमा बस्दै आएका नेपालीले त्यहाँ यातना पाएपछि भागेर नेपाल आएको बुझिएको भन्दै अध्यक्ष साहले उनीहरुको परीक्षण गर्न र उपयुक्त क्वारेन्टिनमा राख्न जिल्ला प्रशासन कार्यालयलाई पटक पट्क आग्रह गर्दा बेवास्ता गरेको बताए।

प्रशासनले गाउँपालिकाको क्वारेन्टिनमा राख्न अनुमति नदिंदा नेपाल आएका नागरिक हरु सीमामा छरिएको उनले बताए।

त्यसरी भारतबाट आएका नागरिकहरु निगरानीमा नहुँदा गाउँपालिका नै जोखिममा रहेको अध्यक्ष शाहको भनाई छ। ती नागरिकहरुलाई गाउँपालिकाले खानाको व्यवस्था गरेको छ।

जिल्ला प्रहरी कार्यालय  बाँकेका एसपी वीरबहादुर ओलीले भारतबाट केही नेपालीहरु आएको जानकारीमा आएको र उनीहरुको उद्दारको विषयमा छ्लफल भैरहेको बताएका छन्।

प्रकाशित: May 03, 2020| 17:25 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।