मंगलबार, असार ३०, २०८३

‘धोनी आफैँ खेल्न चाहँदैनथे’

एक दिवसीय विश्वकप २०१९ पछि भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई मैदानमा देखिन छोडिएको छ। त्यसैले उनको क्रिकेट भविष्यलाई लिएर फ्यानहरु चिन्तित बन्न थालेका छन्।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

एजेन्सी– एक दिवसीय विश्वकप २०१९ पछि भारतीय पूर्वकप्तान महेन्द्रसिंह धोनीलाई मैदानमा देखिन छोडिएको छ। त्यसैले उनको क्रिकेट भविष्यलाई लिएर फ्यानहरु चिन्तित बन्न थालेका छन्।

इन्डियन क्रिकेटका पूर्व प्रमुख चयनकर्ता एमएसके प्रसादले धोनी आफैंले नखेल्ने भनेपछि मैदानमा नदेखिएको बताएका छन्। ‘धोनी केही समयका लागि खेल्न चाहँदैनथे, त्यसैले हामीले टिममा नराखेको हो,’ उनले भने।

राष्ट्रिय टिमबाहेक धोनी आईपीएलमा चेन्नइ सुपर किंग्सका कप्तान हुन्। अनिश्चितकालका लागि स्थगित गरिएको प्रतियोगिता स्थगन हुनुअघि उनी चेन्नइको प्रशिक्षणमा पनि फर्किसकेका थिए।

उनको आईपीएलको प्रदर्शन हेरेर राष्ट्रिय टोलीमा मैका दिने बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया(बीसीसीआई)का पदाधिकारीले बताउँदै आएका थिए।

प्रसादले फ्यानकोडसँगको एक अन्तर्वार्तामा भने, ‘धोनीले खेल्ने बारेमा कुराकानी भएको थियो। उनी आफैं केही समयका लागि खेल्न चाहँदैनथे। त्यसैले उनको ठाउँमा ऋषभ पन्तले मौका पाए हुन। हामी धोनीको पूरा समर्थन गरिरहेका छौं।’

तर बीसीसीआईले केही महिना पहिले जारी गरेको सेन्ट्रल कन्ट्राक्ट लिस्टमा धोनीलाई समेटिएको थिएन। त्यसपछि उनले छिटै संन्यास लिने बताइएको थियो। तर अहिलेसम्म धोनीले कुनै घोषणा गरेका छैनन्। प्रसादले पनि धोनीको संन्यासबारे कुनै कुरा गरेका छैनन्।

पछिल्लो समय इन्डियन राष्ट्रिय क्रिेकेट टोलीमा केएल राहुल र ऋषभ पन्तलाई धोनीको विकल्पका रुपमा पनि हेर्न थालिएको छ।

प्रकाशित: May 03, 2020| 17:00 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।