शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एकै दिन १० जनामा कोरोना संक्रमण, जम्मा संख्या ६९ पुग्यो

एकै दिन १० जनामा कोरोना संक्रमण, जम्मा संख्या ६९ पुग्यो

 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

काठमाडौं - बाँकेको नेपालगञ्जमा एकै दिन नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै वीरगञ्जमा पनि एक जना कोरोना संक्रमित थपिएका छन्।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालगगञ्जमा ९ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिए।  वीरगञ्जका एक ३६ वर्षीय पुरुषमा पनि कोेरोना संक्रमण पुष्टि भएको उनले बताए।

देवकोटाका अनुसार नेपालगञ्जमा आज भेटिएका संक्रमितमा ५ जना पुरुष र ४ जना महिला छन्। उनीहरु ७ देखि ५८ वर्षका हुन्।

योसँगै नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ। यिमध्ये १६ जना निको भइसकेका छन्।

प्रकाशित: May 03, 2020| 16:27 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।