शनिबार, भदौ ६, २०८३

जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

जंगली च्याउ खाँदा चितवनमा एकै परिवारका पाँच जना बिरामी परेका छन्।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

काठमाडौं– जंगली च्याउ खाँदा चितवनमा एकै परिवारका पाँच जना बिरामी परेका छन्।

भरतपुर महानगरपालिका–२९ जुगेडीमा एकै परिवारका पाँच जना बिरामी परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाका अनुसार ५५ वर्षीय वीरबहादुर चेपाङ, उनका २५ वर्षीय छोरा सुमन चेपाङ, २२ वर्षीया बुहारी सिर्जना चेपाङ, छोरी १९ वर्षीया शर्मिला चोपाङ र १५ वर्षीया अञ्जना चेपाङ बिरामी भएका छन्।

शनिबार साँझ वनबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी परेका हुन्। उनीहरू सबैको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

वीरबहादुरको अवस्था गम्भीर भएकाले सघन कक्षमा राखेर उपचार भइरहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 03, 2020| 15:57 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।