शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीका संक्रमित युवकको परिवारलाई कोरोना देखिएन

रुपन्देहीका संक्रमित युवकको परिवारलाई कोरोना देखिएन

रूपन्देहीका कोरोना संक्रमित पुरुषको परिवारका सदस्यलाई कोरोना संक्रमण नभएको पाइएको छ।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

बुटवल– रूपन्देहीका कोरोना संक्रमित पुरुषको परिवारका सदस्यलाई कोरोना संक्रमण नभएको पाइएको छ।

कोटहीमाई गाउँपालिका–१, सिपवा पुर्निहवा गाउँका कोरोना संक्रमित २५ वर्षीय युवकको परिवारका सबै (१० जना) सदस्यको थ्रोट स्वाब परीक्षण (पीसीआर टेस्ट) नेगेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

गत शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ती युवक वैशाख ५ गते भारतको दिल्लीबाट मर्चवारको ठोठरी नाकाबाट घर आएका थिए।

कोरोना संक्रमित युवकको भने बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।

प्रकाशित: May 03, 2020| 13:30 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।