शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तातोपानी नाकाबाट स्याउ र लसुन भित्रिएपछि जनप्रतिनिधि विरोधमा उत्रिए

तातोपानी नाकाबाट स्याउ र लसुन भित्रिएपछि जनप्रतिनिधि विरोधमा उत्रिए

गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले लकडाउनको बेला स्वास्थ्य सामग्री र अतिआवश्यक खाद्यवस्तु (चामल, दाल, तेल, नुन) वाहेक अन्य सामग्री भित्रिएपछि स्थानीय र जनप्रतिनिधि बिरोधमा उत्रिएको बताए।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

काठमाडौं– तातोपानी नाकाबाट लडकडाउनको समयमा अत्यावश्यक सामग्रीवाहेक स्याउ र लसुनसमेत भित्रिन थालेपछि जनप्रतिनिधिहरु विरोधमा उत्रिएका छन्। कोरोना भाइरसको जोखिम कायमै रहेको बेला स्वास्थ्य सामग्री र खाद्यान्नवाहेक अन्य सामग्रीसमेत भित्रिन थालेपछि जनप्रतिनिधिले बिरोध जनाएका हुन्।

केही दिनदेखि अतिआवश्यक भित्र नपर्ने स्याउ र लसुन भित्रिएको भन्दै भोटेकोशी गाउँपालिकाका ४ जना वडाध्यक्षहरुले तातोपानी भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

वडानम्बर १ का अध्यक्ष शेर्पा, २ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, ३ का अध्यक्ष कैलाश पौडेल र ४ का अध्यक्ष साङदोर्जे शेर्पाले शुक्रबार भन्सार कार्यालयमा ज्ञापन पत्र बुझाएका थिए।

गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले लकडाउनको बेला स्वास्थ्य सामग्री र अतिआवश्यक खाद्यवस्तु (चामल, दाल, तेल, नुन) वाहेक अन्य सामग्री भित्रिएपछि स्थानीय र जनप्रतिनिधि बिरोधमा उत्रिएको बताए।

‘भिँडभाँड हुँदा रोग फैलिन सक्ने भएकाले अत्यावश्यकवाहेक अन्य सामग्री ल्याउन नदिन स्थानीय र जनप्रतिनिधिको माग हो’ पौडेलले भने,‘व्यापारीसँगको मिलेमतोमा भन्सार प्रशासनले स्याउ र लसुनसमेत ल्याउन थालेका छन्।’ यतिबेला अन्य बस्तुहरु ल्याउन दिने उपयुक्त समय नभएको पौडेलको भनाई छ।

नेपाल भित्रिएका स्याउ र लसुन राजधानी लैजान नदिने जनप्रतिनिधिले चेतावनी दिएका छन्।

तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जनप्रतिनिधिको बिरोधको कुनै अर्थ नरहेको बताए। ‘खाद्यान्न आउन दिनुपर्छ पनि भन्नु हुन्छ तर लसुन प्याज ल्याउन हुन्न भन्नुहुन्छ’ खत्रीले भने,‘उहाँहरुको कुरा नै नबुझिसक्नु छ।’

कोरोना संक्रमण फैलिन नदिन उच्च सतर्कता अप्नाएर मात्र सामग्री ल्याउने गरेको भन्दै खत्रीले स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पुरा गरेकाले संक्रमण फैलिने कुनै सम्भावना नरहेको खत्रीले दाबि गरे।

सुरुमा सरकारले नै नाका बन्द गर्ने निर्णय गरेकोमा पछि स्वास्थ्य सामग्री ल्याउन दिने निर्णय गरेको थियो। पछिल्लो समय स्वास्थ्य सामग्रीसहित अन्य आवश्यक वस्तु पनि भित्रिन थालेको भन्सार प्रमुख खत्रीले जानकारी दिए।

खत्रीका अनुसार शुक्रबार र शनिबार गरी १२ वटा ट्रक प्याज, लसुन र स्याउका भित्रिएका छन्। यस पछि कृर्षि सामग्री भित्रिने तयारीमा रहेको खत्रीले जानकारी दिए।

सन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले नाका खोल्ने निर्णय भएपछि सामग्री आउनु कुनै ठूलो कुरा नभएको बताए। ‘भन्सार कार्यालयले अवस्था हेरेर सामग्री भित्रिन दिएको होला यसमा बिरोध गरेर काम छैन’ ढकालले भने,‘भन्सार कार्यालय केन्द्र सरकारको मातहतमा रहेकाले स्थानीयले विरोध गरेर केही हुँदैन।’

भन्सार बिभागका निर्देशक शुशिल घिमिरेले सरकारबाट स्वास्थ्य सामग्रीवाहेका अन्य सामग्री रोक्नु भन्ने निर्देशन नभएकाले अवस्था हेरेर अन्य सामग्री पनि भित्रिएको हुनसक्ने बताए।

प्रकाशित: May 03, 2020| 13:01 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।