शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन पटकसम्म कोरोनाको नेगेटिभ रिपोर्ट आएका युवकलाई पुनः संक्रमणको आशंका

तीन पटकसम्म कोरोनाको नेगेटिभ रिपोर्ट आएका युवकलाई पुनः संक्रमणको आशंका

निको भइसकेको भनेर घर पठाइएका कोरोना संक्रमित एक युवकलाई पुनः आइसोलेसनमा राखिएको छ।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

निको भइसकेको भनेर घर पठाइएका कोरोना संक्रमित एक युवकलाई पुनः आइसोलेसनमा राखिएको छ।

नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जबाट डिस्चार्ज भएको एक सातापछि रौतहटको ईशनाथ नगरपालिकाका एक युवकलाई पुनः आइसोलसनमा भर्ना गरिएको हो।

कोरोना संक्रमणको आशंका देखिएपछि १९ वर्षीय ती युवकलाई शनिबार राति वीरगञ्ज अस्पतालमा भर्ना गरिएको बताइएको छ।

उनी निको भइसकेको भन्दै वीरगञ्ज अस्पतालले १४ वैशाखमा डिस्चार्ज गरेको थियो।१६ वैशाखमा पुनः ती युवकसहित उनका परिवारका सदस्यहरुको स्वाब संकलन गरी परीक्षणको लागि टेकु पठाइएको थियो ।

परिवारका अन्य सदस्यहरुको रिपोर्ट नेगेटिभ देखिए पनि निको भइसकेको भनिएका ती युवकमा पुनः कोरोना संक्रमण भेटिएको वीरगञ्ज अस्पताल स्रोतले जनाएको छ ।

यसअघि कोरोना संक्रमित देखिएका ती युवकको लगातार तीन पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको थियो।

अस्पताल स्रोतले जनाएअनुसार ती युवकको दुईपटक हेटौंडा र अन्तिमपटक टेकुस्थित प्रयोगशालामा स्वाब परीक्षण भएको थियो।

प्रकाशित: May 03, 2020| 12:46 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।