शनिबार, भदौ ६, २०८३

लकडाउन खोल्ने सरकारको तयारी

वैशाख २६ गतेबाट रेड, एलो र ग्रिन जोन बनाएर लकडाउन खुकुलो बनाउने सरकारको रणनीति छ ।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

काठमाडौं- लकडाउन खुकुलो पार्ने विषयमा सरकारले छलफल थालेको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा लकडाउन खुकुलो पार्ने र खोल्ने विषयमा छलफल भइराखेको पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए ।

यस्तै संसदको आगामी बजेट अधिवेशनका विषयमा पनि बैठकमा छलफल भइराखेको उनले बताए ।

वैशाख २६ गतेबाट रेड, एलो र ग्रिन जोन बनाएर लकडाउन खुकुलो बनाउने सरकारको रणनीति छ । सिंगो देशलाई तीन क्षेत्रमा विभाजन गरी सोहीअनुसार लकडाउनलाई खुकुलो बनाउने गरि कार्य योजना तयार पारिएको एक मन्त्रीले जानकारी दिए ।

ग्रिन जोनमा पर्ने जिल्ला तथा क्षेत्रमा लकडाउन हटाएर सबै क्रियाकलाप खुला गरिने छ । संक्रमण नियन्त्रण उन्मुख रहेका जिल्ला तथा क्षेत्रलाई एल्लो जोनमा राखिनेछ भने सो क्षेत्रमा मुख्य क्रियाकलाप मात्रै खुला राखिनेछ ।

संक्रमण नियन्त्रण बाहिर रहेको क्षेत्रमा भने लकडाउन जारी राखिनेछ र कृषिबाहेक अन्य सबै क्रियाकलाप बन्द गरिनेछ ।

लामो समयसम्म लकडाउन जारी राखिने रेड क्षेत्रमा अत्यावश्यक खाद्यान्न आपूर्ति गर्ने तथा राहत आवश्यक पर्ने परिवारका लागि राहत दिने व्यवस्था सरकारले मिलाउने गरी सरकारले कार्ययोजना बनाइएको छ ।

प्रकाशित: May 03, 2020| 12:33 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।