शनिबार, भदौ ६, २०८३

मन्दिरको सामान चोरी गर्ने तीनजना ९ महिनापछि पक्राउ

मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

मन्दिरको सामान चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिका २ बुङ घर भई खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ पाङबोचे बस्ने २५ वर्षीय राजेश राई, भोजपुर ट्याम्के मयुगाउँ पालिका घर भई सोलुखुम्बु खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ दिंबोचे बस्ने ३९ वर्षीय राजेश राई रसोलुखुम्बु माहाकुलुङ गाउँपालिका २ पेल्माङ घर भई खुम्बु पासाङ ल्हामु गाउँपालिका ४ फोर्चे बस्ने २७ वर्षीय मदन राई रहेका छन् ।

२०७६ भदौमा सोलुखुम्बुस्थित पाङ्बोचे गुम्बाबाट पूजाका सामग्रीहरु पुरानो जाम्टा ३ जोर, पुरानो शंख २ थान, सनाही १ जोर, पुरानो काक्लिङ १ जोर, पुरानो ‘नि माला, नर्थ फेस टेन्ट १ थान, कम्वल ४ थान र भेटी रकम १५ हजार रुपैयाँ चोरी हुनुको साथै पुरानो मूर्ति तोडफोड भएको थियो ।

उक्त घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रकाशित: May 03, 2020| 12:31 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।