शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुपन्देहीमा सर्पले टोकेर नेकपा स्थानीय नेतृको मृत्यु

रुपन्देहीमा सर्पले टोकेर नेकपा स्थानीय नेतृको मृत्यु

रुपन्देहीमा विषालु सर्पले टोक्दा एक स्थानीय महिला नेतृको मृत्यु भएको छ। रुपन्देहीको राजनीतिक आन्दोलनमा डेढ दशकदेखि क्रियाशील राधा थारुको सर्पले टोक्दा मृत्यु भएको हो ।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

रुपन्देहीमा विषालु सर्पले टोक्दा एक स्थानीय महिला नेतृको मृत्यु भएको छ। रुपन्देहीको राजनीतिक आन्दोलनमा डेढ दशकदेखि क्रियाशील राधा थारुको सर्पले टोक्दा मृत्यु भएको हो ।

उनको मृत्युप्रति नेकपा क्षेत्र नम्बर ३ ले गहिरो दुःख व्यक्त गरेको छ । पार्टीका क्षेत्रीय संयोजक हितराज पन्थीले राधाको मृत्युले पार्टीलाई अपूरणीय क्षति पुगेको बताए ।

खेतमा गएको समयमा रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ भगदरी निवासी थारुलाई सर्पले टोकेको थियो । उनको उपचारको क्रममा बुटवलस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए ।

४५ वर्षिया थारुका २ छोरा, २ छोरी र पति छन्। उनको अन्तिम संस्कार आजै हुने भएको छ।

 

प्रकाशित: May 03, 2020| 11:43 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।