शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कश्मीरमा आतंकवादीसँग भिडन्त, कर्नेलसहित ५ सुरक्षाकर्मीको मृत्यु

कश्मीरमा आतंकवादीसँग भिडन्त, कर्नेलसहित ५ सुरक्षाकर्मीको मृत्यु

उत्तरी कश्मीरको हन्दवाडामा आतंकवादी समूहसँग भिडन्त हुँदा पाँच सुरक्षाकर्मीको मृत्यु भएको छ ।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

कश्मिर- उत्तरी कश्मीरको हन्दवाडामा आतंकवादी समुहसँग भिडन्त हुँदा पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।

भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेको छ। मुठभेडमा सेनाको गोली लागेर दुई जना आतंकवादीको पनि मृत्यु भएको छ।

हन्दवडाको छाँजीमुल्लाहमा शनिबार दिउँसो ३ः३० बजेदेखि दोहोरो भिडन्त सुरु भएको थियो।

मारिनेमा कर्नेल आशुतोषका साथै मेजर अनुज, एक लान्स नायक र एक राइफलम्यान छन्। त्यस्तै, प्रहरीका सब–इन्सपेक्टर सकिल काजीको पनि मृत्यु भएको छ।

कर्नेल आशुतोष शर्माले गत वर्षमात्र दोस्रो पटक सेनाबाट मेडल प्राप्त गरेका थिए। उनी गार्डस् रेजिमेन्टसँग आबद्ध थिए भने इलाहाबादका बासिन्दा रहेका थिए।

आतंकवादी लुकेको सूचनाका आधारमा उत्तरी कश्मीरको एक घरमा सुरक्षा बलले आक्रमण गरेका थिए।

आतंकवादीले घरका सदस्यलाई बन्धक बनाएका थिए। उनीहरुको उद्धारका लागि सेना र प्रहरीको टोली त्यहाँ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: May 03, 2020| 10:14 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।