शनिबार, भदौ ६, २०८३

बबई सिँचाइ आयोजना पुनः सञ्चालन

बर्दियामा लकडाउन (बन्दाबन्दी)का कारण रोकिएका आयोजनाका काम सञ्चालनमा आएका छन्।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

बर्दिया– बर्दियामा लकडाउन (बन्दाबन्दी)का कारण रोकिएका आयोजनाका काम सञ्चालनमा आएका छन्। सरकारले महत्त्वपूर्ण योजनामा काम सुरक्षित भएर सञ्चालन गर्न अनुमति दिएपछि कामले निरन्तरता पाएका हुन्।

सरकारले आयोजना सञ्चालनका लागि बनाएको मापदण्ड अनुरूप व्यवस्था गर्ने गरी आवश्यकता र प्राथमिकताका आधारमा काम सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, बर्दियाले अनुमति दिएको छ।

आवश्यक स्वास्थ्य सुरक्षा प्रबन्ध गरी काम सञ्चालन गर्न सकिने निर्णय गरिएअनुसार जिल्लामा सञ्चालनमा रहेका राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना, कर्णाली नदी व्यवस्थापन आयोजना, रम्मापुर–गुलरिया–रझना सडक, भादापुल निर्माण, मधुवन र बारबर्दिया नगरपालिका जोड्ने सडकलगायत स्थानीय तहका ठूला–साना योजना पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए।

बबई सिँचाइ आयोजनाले पुनः काम सुरु गरेको छ। जिल्ला प्रशासन कार्यालयबाट काम गर्ने अनुमति लिएर आयोजनाले काम सुरु गरेको हो।

जिल्लामा ३८ ठेक्कामार्फत काम सञ्चालन हुँदै आए पनि अहिले १५ वटाले मात्रै अनुमति पाएका छन्।

जिल्ला प्रशासन कार्यालय र पालिकाले दिएको निर्देशनानुसार काम गर्ने मजदूरको स्वास्थ्य सुरक्षालाई ध्यान दिई निर्माण कम्पनीले बनाएको शिविरमै खाने, बस्ने र स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको निर्माण व्यवसायी रामबाबु सुवेदीले बताए।

जिल्लामा बबई सिँचाइ आयोजनासहित ठूला, मझौला र साना गरी झण्डै दुई सय योजना सञ्चालनमा छन्।

रासस

प्रकाशित: May 03, 2020| 09:50 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।