शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोनाबाट एकै दिनमा १ सयको मृत्यु, करिब ४० हजार संक्रमित

भारतमा कोरोनाबाट एकै दिनमा १ सयको मृत्यु, करिब ४० हजार संक्रमित

कोरोना भाइरसबाट भारतमा एकै दिनमा शनिबार एक सय जनाको मृत्यु भएको छ । भारतमा एकै दिनमा यति धेरै ब्यक्तिको मृत्यु भएको यो पहिलो पटक हो ।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा एकै दिनमा शनिबार एक सय जनाको मृत्यु भएको छ । भारतमा एकै दिनमा यति धेरै ब्यक्तिको मृत्यु भएको यो पहिलो पटक हो ।

यसअघि बिहीबार ७५ जनाको मृत्यु भएको थियो । शुक्रबार ६९, बुधबार ७१, मंगलबार ६९, सोमबार ५८, आइतबार ५६, शनिबार ४५ र शुक्रबार ५९ जनाको कोरोनाबाट मृत्यु भएको थियो ।

भारतमा अहिलेसम्म कोरोनाबाट १ हजार ३ सय २३ जनाको मृत्यु भएको छ । मृतकको संख्या सबैभन्दा धेरै महाराष्ट्रमा रहेको छ । जहाँ अलिहेसम्म ५ सय २१ जनाको मृत्यु भएको छ ।

यस्तै गुजरातमा २ सय ६२, मध्य प्रदेशमा १ सय ५१, राजस्थानमा ६८, दिल्लीमा ६४, पश्चिम बंगालमा ४८, उत्तर प्रदेशमा ४३ जनाको ज्यान गएको छ ।

भारतको २६ राज्य र ६ केन्द्र प्रशाशित राज्यमा फैलिएको कोरोनाबाट ३९ हजार ६ सय ९९ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा अर्थात शनिबार मात्रै २ हजार ४ सय ४२ जना संक्रमित भएका छन् ।

शुक्रबार २ हजार ३ सय ९४, बिहीबार १ हजार ८ सय १, बुधबार १ हजार ७ सय ३८, मंगलबार १ हजार ८ सय ७३, सोमबार १ हजार ५ सय ६१, आइतबार १ हजार ६ सय ७, शनिबार १ हजार ८ सय ३६ र शुक्रबार १ हजार ४ सय ८ जना नयाँ संक्रमित थपिएका थिए ।

संक्रमितमध्ये महाराष्ट्रमा मात्रै १२ हजार २ सय ९६ छन् । यस्तै गुजरातमा ५ हजार ५४, दिल्लीमा ४ हजार १ सय १२, मध्यप्रदेशमा २ हजार ७ सय ८८, राजस्थानमा २ हजार ७ सय ७२, तमिलनाडुमा २ हजार ७ सय ५७, उत्तर प्रदेशमा २ हजार ४ सय ८७ जना संक्रमित भएका छन् ।

प्रकाशित: May 03, 2020| 08:42 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।