आइतबार, चैत ८, २०८२

रियल मड्रिड प्रशिक्षणमा फर्कने

शनिबारबाट केही ठाउँमा लकडाउन खुकुलो पारिएपछि स्पेनिस क्लब रियल मड्रिड प्रशिक्षणमा फर्कने भएको छ। जसका लागि क्लबले तयारीसमेत थालिसकेको छ।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

शनिबारबाट केही ठाउँमा लकडाउन खुकुलो पारिएपछि स्पेनिस क्लब रियल मड्रिड प्रशिक्षणमा फर्कने भएको छ। जसका लागि क्लबले तयारीसमेत थालिसकेको छ।

National life

खेलाडीका लागि रियलले भल्डेबेबस प्रशिक्षण बेसलालाई तयारी गरिरहेको बताएको छ। मड्रिडका खेलाडी मे ११ बाट व्यक्तिगत प्रशिक्षण सेसनमा सहभागी बन्ने छन्। प्रशिक्षणका दौरान खेलाडीले सामाजिक दूरी पालना गर्दै गतिबिधि अघि बढाउने क्लबले जनाएको छ।

मार्काका अनुसार खेलाडीलाई सुरक्षित राख्न मैदान बन्द राखिने छ भने थोरै संख्यामा खेलाडी र कोचको उपस्थिति हुनेछ।

मे ११ बाट रियलका साथै अन्य क्लब पनि प्रशिक्षणमा जुट्ने स्पेनिस मिडियाले जनाएका छन्।

ला लिगाका खेलाडीलाई अर्को साता कोरोना भाइरस (कोभिड–१९)को टेस्ट गरिने स्पेनिस खेल परिषद्ले जनाएको छ। तर, उसले सेल्फ क्वारेन्टाइनमा बसिरहेका र केही लक्षण नदेखिएका खेलाडीले टेस्ट नगर्दा पनि हुने बताएको छ। तर, क्लबहरूले खेलाडी, कोच र अन्य सदस्यहरूलाई कोरोनाको परीक्षण नगराई ट्स्ट प्रशिक्षणमा समावेश नगराउने बताउँदै आएका छन्।

Laxmi sunrise bank
kumari

ला लिगामा जिनेदिन जिदानेको टिम अंक तालिकाको दोस्रो स्थानमा छ। उसले शीर्ष स्थानको बार्सिलोनालाई २ अंक पछि रहेर पछ्याइरहेको छ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा म्यान्चेस्टर सिटीसँग २–१ गोलले पछि परेको मड्रिडले अवे खेल खेलेको छैन।

प्रकाशित: May 03, 2020| 08:32 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।