मंगलबार, असार ३०, २०८३

बुन्डेसलिगा फर्किनेमा बायर विश्वस्त

एजेन्सी– जर्मन क्लब बायर लिभरकुसिनका खेल निर्देशक साइमन रोल्फीसले मे महिनाबाट बुन्डेसलिगा फर्किनेमा आफू विश्वस्त रहेको बताएका छन्।
 |  आइतबार, वैशाख २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २१, २०७७

एजेन्सी– जर्मन क्लब बायर लिभरकुसिनका खेल निर्देशक साइमन रोल्फीसले मे महिनाबाट बुन्डेसलिगा फर्किनेमा आफू विश्वस्त रहेको बताएका छन्।

जर्मन सरकारले यसबारे ३० अप्रिलमा निर्णय लिने भनिए पनि यो विषयलाई बैठकले अर्को बैठकसम्मका लागि धकेलेको थियो। अब सरकारको अर्को बैठक ६ मेमा बस्दै छ। त्यो बैठकबाट लिग फर्कन सक्ने विश्वास रोल्फीको छ।

‘दर्शक बिना खेल गर्ने निर्णयको महत्पूर्ण पक्ष भनेको हामीले यसबारे नेताबाट राम्रो फिडब्याक पाएका छौं,’ रोल्फीसले बीबीसीसँग भने, ‘सरकारलाई हामीले खेल गराउन सक्छौं भन्ने लागेको छ।’

उनले थपे, ‘अर्को बैठकमा सरकारले कस्तो निर्णय गर्छ, मलाई ठ्याक्कै थाहा त छैन। तर मेको मध्य र अन्तिम सम्मा हामीले खेल्न पाउनले छौं जस्तो लागेको छ।’

बुन्डेसलिगको सिजन ३० जुनमा सकिनुपर्ने हुन्छ। किनभने अधिकांश क्लबको प्रायोजक र ब्रोडकास्टरसँग त्यस्तै सम्झौता रहेको छ। गत हप्तामा लिगले खेल फर्कने भनेपछि यस्तो सम्झौता बनेको थियो। अब बुन्डेसलिगा १६ वा २३ मे बाट मैदान फर्कन सक्ने बताइएको छ।।

अब लिगका ९ चरणका खेल बाँकी छन्। अहिलेसमको नजितामा बायर्न म्युनिख लिगको शीर्ष स्थानमा रहेको छ भने बोरुसिया डर्टमन्डले उसलाई ४ अंक पछि रहेर पछ्याइरहेको छ। त्यस्तै बायर भने पाँचौं स्थानमा छ। ऊ अहिले च्याम्यिन्स लिगको दौडमा रहेको छ।

‘हामी जर्मन कपको सेमीफाइनलमा पनि छौं। युरोपा लिगमा पनि परिसकेका छौं,’ उनले भने, ‘हाम्रा खेलाडी अहिले कोभिड – १९ खतराबाट बाहिर रहेका छन्।’

खेल निर्देशक रोन्फीसले खेलको समयमा दैनिक खेलाडीको मेडिकल परिक्षण हुने बताएका छन्। दैनिक विहान मेडिकल टिमले खेलाडीलाई चेकअप गर्ने उनले बताए।

प्रकाशित: May 03, 2020| 07:09 आइतबार, वैशाख २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।