बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मानव बेचबिखनको आरोपमा दुई महिला पक्राउ, दुई युवतीको उद्धार

मानव बेचबिखनको आरोपमा दुई महिला पक्राउ, दुई युवतीको उद्धार

सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ।
 |  शनिबार, भदौ २६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २६, २०७८

सिरहा- सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई नियन्त्रणमा लिएको छ। १६ र १९ वर्षका दुई युवतीलाई भारततर्फ बेचविखनको लागि लाने क्रममा प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नरहा नगरपालिका(३ चोहर्वाबाट सप्तरी कञ्चनरुप नगरपालिका( ११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढिमाई नपा १ बाखैरकी ३५ वर्षीया उषा देवी मलाहलाई पक्राउ गरेको हो।

उनीहरुले ती युवतीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाइदिने भनी बोलाएको प्रहरीले जनाएको छ। लहान आइसकेपछि यहाँभन्दा अझै राम्रो काम जनकपुरमा पाइन्छ भन्दै ल्याएका उनीहरुलाई चोहर्वामा नै ओरालेर माडरतर्फ लान ठिक पारेको बेला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्।

पक्राउ परेका दुवैमाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ। यसमा संलग्न अन्य अभियुक्तहरुकोसमेत खोजी भइरहेको प्रहरीले जनाएको छ। 

-न्युज कारखाना

प्रकाशित: Sep 11, 2021| 16:20 शनिबार, भदौ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।