शनिबार, भदौ ६, २०८३

भारतबाट लुकेर आएकाहरु आफैं पुगे प्रहरी सम्पर्कमा

भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेकाहरु आफैं प्रहरीको सम्पर्कमा पुगेका छन्। भारतबाट आएका चारजना प्रहरी सम्पर्कमा पुगेका हुन्।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

जनकपुरधाम – भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेकाहरु आफैं प्रहरीको सम्पर्कमा पुगेका छन्। भारतबाट आएका चारजना प्रहरी सम्पर्कमा पुगेका हुन्।

कामको सिलसिलामा भारत विहार राज्यको मुजफ्फरपुरमा रहेका धनुषाको सवैला नगरपालिका–१३ बस्ने ४२ वर्षीय रामअशिष महतो, ४० वर्षीय जवाहरलाल महतो, ३० वर्षीय जानिफ राइन र ४० वर्षीय तिरथलाल महतो आफूहरुको जाँच गराइदिन भन्दै प्रहरीको सम्पर्कमा पुगेका हुन्।

प्रहरीले उनीहरुलाई कोरोना परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएको छ।

मुजफ्फरपुरस्थित नर्मदामा काम गरिरहेका उनीहरुलाई ‘लकडाउन’ पछि कामबाट निकालिएको थियो। कामबाट हटाइएपछि उनीहरु मुजफ्फरपुरबाट जनकपुरसम्म पुग्न पैदल हिंडेका थिए। दुई सय किलोमिटरभन्दा बढी दूरी पैदल हिंडेर चार दिनपछि नाकासम्म पुगेपनि सीमामा सशस्त्र प्रहरीको गस्ती देखेर उनीहरुले मुख्य नाका भएर नेपाल प्रवेश गर्ने साहस गर्न सकेनन् र सशस्त्र प्रहरीलाई छलेर नेपाल प्रवेश गरे। तर, भारतमा कोरोना संक्रमण तीव्र रुपमा बढीरहेको र आफूहरुपनि उतैबाट आएकोले स्वास्थ्य परीक्षणको लागि प्रहरीसँग सम्पर्क गरेको रामअशिषले बताए।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले भारतबाट लुकिछिपी आएका चारैजनालाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसन वार्डमा राखिएको जानकारी दिए। उनीहरु महोत्तरीको सम्सी नाका वरिपरिबाट लुकिछिपी नेपाल प्रवेश गरेको कार्कीले बताए।

प्रकाशित: May 02, 2020| 20:25 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।