शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बहुमत सदस्य ओलीको पक्षमा देखिएपछि दाहाल र नेपाल दबाबमा

बहुमत सदस्य ओलीको पक्षमा देखिएपछि दाहाल र नेपाल दबाबमा

गत बुधबारको बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीका विरोधमा खुलेर उत्रिएका नेताहरु आजको बैठकमा केही नरम भएर भएर प्रस्तुत भएका छन्।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

काठमाडौं- सत्तारूढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। गत बुधबारको बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीका विरोधमा खुलेर उत्रिएका नेताहरु आजको बैठकमा केही नरम भएर भएर प्रस्तुत भएका छन्।

यसअघि बुधबारको बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको ओलीको राजीनामा मागेपछि ओली दबाबमा परेका थिए।

उपाध्यक्ष गौतमलगायत सचिवालयका बहुमत सदस्य ओलीका पक्षमा देखिएपछि आजको बैठकमा भने अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल पक्षचाहिँ दबाबमा पर्ने देखिएको छ।

बुधबारको बैठकमा ओलीले आफूले राजीनामा गर्नैपर्ने भए वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव राखेका थिए। बैठकमा पार्टीभित्रको आन्तरिक द्वन्द्व साम्य पार्न प्रधानमन्त्री ओलीले गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधव नेपाललाई तेस्रो वरीयताको अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए।

सोही विषयमा छलफल गर्न आज तोकिएभन्दा झन्डै दुई घण्टा ढिला बैठक बसेको छ। यस्तै स्थायी समिति बैठक मिति तोक्ने बैठकको अर्को एजेन्डा छ।

प्रधानमन्त्री ओलीले सचिवालय बैठकअघि शनिबार दिनभर नेताहरुसँगको भेट तीव्र बनाएका थिए। उपाध्यक्ष गौतम, महासचिव विष्णु पौडेल, रामबहादुर थापासँगको छलफल गरेपछि समीकरण उनको पक्षमा बलियो भएको बताइएको छ।

प्रधानमन्त्री ओलीले वामदेव गौतमसँग छुट्टै भेटघाट पनि गरे। स्रोतका अनुसार उनले उपाध्यक्ष गौतमलाई उपनिर्वाचनका लागि योजना बनाउन केही समय पर्खन आग्रह गरेका छन्।

संसद् सदस्य नै नरहेका गौतम उपनिर्वाचनमार्फत सांसद बन्ने र प्रधानमन्त्रीको पक्का दाबेदार बन्न पाउने भएपछि ओलीसँग आश्वस्त भएको उच्च स्रोतले बतायो।

गौतमसँगै सचिवालय सदस्यहरू ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापासमेत ओलीको पक्षमा उभिएका छन्।

सचिवालय बैठकमा गौतमसँगै पोखरेल, पौडेल र थापा रहँदा सचिवालयमा ओलीको बहुमत पुग्छ। यद्यपि, आजको बैठकले पनि कुनै विशेष निर्णय नगर्ने स्रोत बताउँछ।

प्रकाशित: May 02, 2020| 20:00 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।