काठमाडौं– प्रहरी प्रधान कार्यालयले दरबन्दी रिक्त भएका ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ।
हालैको बढुवाबाट दरबन्दी रिक्त रहेका जिल्लामा एसपीको काज सरुवा गरिएको प्रधान कार्यालयले जनाएको छ। प्रधान कार्यालयका अनुसार कमल थापा सुनसरी, खटाइएका छन्। यस्तै, केदार रजौरे बर्दिया, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी, दाङमा गणेश चन्द र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको छ।
हालैको बढुवाबाट सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी (पश्चिम)का लालमणि आचार्य, दाङका अजय भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपी भएपछि ति जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो।
बढुवा भएका एसएसपीहरूलाई आइतबार दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको प्रधान कार्यालयले जनाएको छ।