शनिबार, भदौ ६, २०८३

रूपन्देहीमा जंगली च्याउ खाँदा एकै परिवारका ७ बिरामी

रूपन्देहीमा विषालु च्याउ खाएर एकै परिवारका ७ जना बिरामी भएका छन्।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

बुटवल– रूपन्देहीमा विषालु च्याउ खाएर एकै परिवारका ७ जना बिरामी भएका छन्।

बिरामी पर्नेमा गैडहवा गाउँपालिका–४, मिनमिनवाका ७० वर्षीया कैलाशी रैदास, ४५ वर्षीय बद्री, ३५ वर्षीया सरस्वती, १८ वर्षीया लक्ष्मी, १६ वर्षका रामानन्द, १४ वर्षीया ममता र १२ वर्षीया अनिशा रहेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले जनाएको छ।

तीमध्ये ममता उपचारपछि घर फर्किसकेको र अन्यको उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचार भइरहेका बिरामीको अवस्था सामान्य रहेको बताइएको छ।

भैंसी चराउन गएकी अनिशाले जंगलबाट ल्याएको च्याउ खाएर बिरामी परेका उनीहरू शुक्रबार राति १२ बजे भीम अस्पताल भर्ना भएका हुन्। उनीहरूमा पेट दुख्ने, वान्ता हुनेलगायत समस्या देखिएको थियो।

प्रकाशित: May 02, 2020| 18:51 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।