बाँके- नेपाली सेनाको गाडीको ठक्करबाट कोहलपुरमा मोटरसाइलमा सवार एक जनाको मृत्यु भएको छ, भने अर्को एक जना गम्भीर घाइते भएका छन्।
एनटिभी रोडमा सेनाको बा २ झ ६३४१ नम्बरको गाडीको ठक्करबाट भे ४ प ७६२० नम्बरको मोटरसाइकलमा सवार कोहलपुर २ निवासी किरण भुषालको घटनास्थलमै मृत्यु भएको हो।
मोटरसाइकलमा सवार अर्का बारबर्दिया ४ निवासी प्रतीक्षा भुषाल गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।घाइते भुषालको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
नेपालगन्जबाट कोहलपुर तर्फ आइरहेको नेपाली सेनाको गाडीले एनटिभी रोड चोकमा मोटरसाइकल लाइ ठक्कर दिएको थियो ।
ठक्कर दिएको सेनाको गाडी पनि सडकको डिभाइडरमा ठोकिएको प्रत्यक्षदर्शीले बताएका छन । गाडीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।