शनिबार, भदौ ६, २०८३

सचिवालय बैठकअघि प्रधानमन्त्रीले भेटे राष्ट्रपति

प्रधानमन्त्री केपी ओली नेकपा सचिवालय बैठक बस्नुअघि शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट वार्ता गरेका छन्।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी ओली नेकपा सचिवालय बैठक बस्नुअघि शीतल निवास पुगेर राष्ट्रपतिसँग भेट वार्ता गरेका छन्।उनीहरूबीच के विषयमा छलफल भयो भन्रेबारे केही खुलाइएकाे छैन।

सचिवालयको बैठक ४ बजेका लागि बोलाइएको थियो। नेताहरुबीच गुटगत छलफल तीव्र भइरहेपछि बैठक साढे ५ बजेका लागि सारिएको थियो।

पार्टी बैठकअगाडि प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

शनिबारै प्रधानमन्त्री केपी ओलीले नेकपा उपाध्यक्ष वामदेव गाैतम लगायत अन्य नेतासँग छलफल गरेका थिए। संसद् सदस्यसमेत नरहेका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका ओली उनलाई आफ्नो पक्षमा पार्न सक्रिय छन्। सोही क्रममा सचिवालय बैठकभन्दा अगाडि उनले गौतमसँग भिन्नै छलफल गरेका हुन्।

प्रधानमन्त्री ओलीले १७ गते बसेको सचिवालय बैठकमा वामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका बहुसंख्यक सदस्यहरूले समर्थन जनाएका छैनन्। तर अब प्रधानमन्त्री ओलीको विकल्प खाेज्नुपर्नेमा उनीहरू सहमत देखिएका थिए।

प्रकाशित: May 02, 2020| 17:40 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।