मंगलबार, असार ३०, २०८३

पेलेको रेकर्ड तोड्ने रोनाल्डोको योजना छ– नेभिले

पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोसँग ६ वर्ष प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडमा बिताएका गेरी नेभिलले आफ्ना पूर्व टिममेटसँग अझै धेरै महत्त्वकांक्षी योजना रहेको बताएका छन्।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोसँग ६ वर्ष प्रिमियर क्लब म्यानचेस्टर युनाइटेडमा बिताएका गेरी नेभिलले आफ्ना पूर्व टिममेटसँग अझै धेरै महत्त्वकांक्षी योजना रहेको बताएका छन्।

स्काई स्पोर्ट्ससँग नेभिलेले भने, “युभेन्ट्सका सुपरस्टार क्रिस्टियानोसँग पेलेको गोल रेकर्डका साथै अहिलेसम्मकै रोकर्ड तोड्ने एक योजना छ। जसका लागि उनले धेरै मेहेनत गर्ने गरेका छन्।”

रोनाल्डोले आफ्नो १८ वर्षे फुटबल करिअरमा धेरै सफलता पाएका छन्। पाँच बेलोन डो’र अवार्डका विजेता रोनाल्डो आफ्नो जेनेरेसनको उत्कृष्ट खेलाडीसमेत हुन्।

३५ वर्षे फुटबलरले प्रिमियर लिग, ला लिगा, युरोपियन कपका साथै सिरी ‘ए’को उपाधिमा नाम लेखाइसकेका छन्।

“उनी (रोनाल्डो) मैदानमा देखिएबाहेक पनि धेरै मेहेनत गर्छन्,” उनले ओल्ड ट्राफोर्डका दिन सम्झँदै भने, “उनले (रोनाल्डो) त्यतिबेलैबाट धेरै मेहेनत गर्ने गरेका थिए। अहिले पनि ब्राजिलियन लेजेन्डको रेकर्ड तोड्न उद्यत छन्।”

ब्राजिलियन खेलाडीको नाममा हजारभन्दा धेरै गोल रेकर्ड छन्। तर, रोनाल्डोले यो रेकर्ड तोड्नसक्ने नेभिलेले बताए। “उनी विश्वकै उत्कृष्ट खेलाडी बन्न चाहान्छन्,” नेभिलले भने, “रोनाल्डो मेले संगत गरेका थोरै खेलाडीमा पर्छन्, जो व्यक्तिगत उपाधिका धेरै सोखिन रहेका छन्।”

उनले थपे, “उनी धेरै राम्रो बन्न चाहान्छन्। उनको त्यही चाहनाले हरेक वर्ष प्रगति गरिरहेको हामी देख्न सक्छौं।’

नेभिलेले सन् २०११ मा फुटबलबाट सन्यास लिएका थिए। त्यसपछि केही समय स्पोर्ट्स कमेन्टेटर बनेका उनी भ्यालेन्सिया र इंग्ल्यान्ड फुटबलको कोचसमेत भइसकेका छन्।

एजेन्सी

प्रकाशित: May 02, 2020| 17:38 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।