शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुर्खेतको क्वारेन्टाइनबाट ११ जिल्लाका १ सय ३४ जनाको बिदाई

सुर्खेतको क्वारेन्टाइनबाट ११ जिल्लाका १ सय ३४ जनाको बिदाई

सुर्खेतको खुल्लामञ्चस्थित क्वारेन्टाइनबाट ११ जिल्लाका १ सय ३४ जनालाई आज (शनिबार) बिदाई गरिएको छ।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

सुर्खेत– सुर्खेतको खुल्लामञ्चस्थित क्वारेन्टाइनबाट ११ जिल्लाका १ सय ३४ जनालाई आज (शनिबार) बिदाई गरिएको छ।

क्वारेन्टाइन अवधि पूरा गरेका उनीहरूको नमुना परीक्षणमा गर्दा रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनबाट बिदाइ गरिएको जनस्वास्थ्य सेवा कार्यालय, सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले जानकारी दिए।

रोजगारीका लागि विभिन्न जिल्लाबाट उद्दार गरिएकामध्ये सुर्खेतका १९, जाजरकोटका १५, कालिकोटका ४०, जुम्लाको २२ र दैलेखका १५ जना क्वारेन्टाइनमा बसेका थिए। त्यस्तै, मुगुका १०, अछामका ३, हुम्लाका ३, रुकुमपश्चिमका ३, डोटीका २ र सल्यानका २ जनालाई क्वारेन्टाइनबाट बिदाई गरिएको वाग्लेले जानकारी दिए।

क्वारेन्टाइन व्यवस्थापन समिति, जनस्वास्थ्य कार्यालय र प्रदेश सरकारले सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी उनीहरूलाई क्वारेन्टाइनबाट बिदा गरेको हो।

प्रकाशित: May 02, 2020| 17:11 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।