शनिबार, भदौ ६, २०८३

हुण्डी कारोबारमा संलग्न दुईजना २४ लाखसहित पक्राउ

हुण्डी कारोबारमा संलग्न २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। काठमाडौं–१३ टंकेश्वर र काठमाडौं–१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद २४ लाख २१ हजार रुपैयाँसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

काठमाडौं - हुण्डी कारोबारमा संलग्न २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। काठमाडौं–१३ टंकेश्वर र काठमाडौं–१२ स्थित कनक पेट्रोल पम्प नजिकबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जनालाई नगद २४ लाख २१ हजार रुपैयाँसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा भारत मोतियारी घर भई हाल ललितपुर सानेपा बस्ने ३९ वर्षीय रुपेश कुमार गुप्ता र काठमाडौं नयाँबानेश्वर बस्ने बाग्लुङ घर भएका ३५ वर्षीय सागर श्रेष्ठ रहेका छन्। उक्त रकममध्ये गुप्ताको साथबाट ६ लाख २१ हजार र श्रेष्ठको साथबाट १८ लाख बरामद भएको हो।

उक्त स्थानमा हुण्डी कारोबार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले हुण्डी कारोबारमा संलग्न उनीहरुलाई नगद सहित पक्राउ गरेको हो। यससम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 02, 2020| 17:04 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।