शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा सचिवालय बैठक साढे ५ बजे, त्यसअघि नेताहरुबीच छलफल

नेकपा सचिवालय बैठक साढे ५ बजे, त्यसअघि नेताहरुबीच छलफल

नेताहरु आन्तरिक छलफलमा व्यस्त भएकाले बैठक साढे ५ बजे बस्ने प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

काठमाडौं- आज अपराह्न ४ बजेका लागि डाकिएको सत्तारुढ नेकपा सचिवालय बैठक डेढ घण्टा पछि सरेको छ। नेताहरु आन्तरिक छलफलमा व्यस्त भएकाले बैठक साढे ५ बजेका लागि सारिएकाे प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठकअघि पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले अन्य नेताहरुसँग छलफल गरिरहेका छन्। संसद् सदस्यसमेत नरहेका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका ओली उनलाई आफ्नो पक्षमा पार्न सक्रिय छन्। सोही क्रममा सचिवालय बैठकभन्दा अगाडि उनले गौतमसँग भिन्नै छलफल गरेका हुन्।

प्रधानमन्त्री ओलीले १७ गते बसेको सचिवालय बैठकमा वामदेव गौतमलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका थिए। उनको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत सचिवालयका बहुसंख्यक सदस्यहरूले समर्थन जनाएका छैनन्। तर अब प्रधानमन्त्री ओलीको विकल्प खाेज्नुपर्नेमा उनीहरू सहमत देखिएका थिए। 

अघिल्लो बैठकमा प्रधानमन्त्रीको राजीनामा र स्थायी समिति बैठकबारे चर्को आवाज उठाएका अध्यक्ष दाहाल लगायत अन्य नेताहरु पनि यतिबेला गुटगत छलफलमा व्यस्त छन्।

प्रकाशित: May 02, 2020| 16:50 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।