मंगलबार, असार ३०, २०८३

अमेरिकी अदालतद्वारा पुरस्कार विभेदविरुद्धको मुद्दा खारेज

अमेरिकी एक अदालतले पुरस्कार विभेदविरुद्धको मुद्दा खारेज गरिदिएको छ। महिला फुटबलमा समान तलबको व्यवस्था गर्नुपर्ने भन्दै दर्ता गरिएको मुद्दा अमेरिकी अदालतले खारेज गरिदिएको हो।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

अमेरिकी एक अदालतले पुरस्कार विभेदविरुद्धको मुद्दा खारेज गरिदिएको छ। महिला फुटबलमा समान तलबको व्यवस्था गर्नुपर्ने भन्दै दर्ता गरिएको मुद्दा अमेरिकी अदालतले खारेज गरिदिएको हो।

अमेरिकाका २८ महिला राष्ट्रिय खेलाडीले आफूहरूलाई तलबमा विभेद गरिएको भन्दै युसए फुटबल संघ (यूइसएफएफ)विरुद्ध गत वर्ष मुद्दा दर्ता गराएका थिए। उनीहरूले ‘समान तलबको नियम’को आधारमा आफूहरूलाई पनि ६६ मिलियन डलर तलब दिनुपर्ने माग गर्दै आएका थिए।

खेलाडी प्रवक्ता मोले लेभिन्सनले यो निणर्यको विरुद्धमा फेरि न्यायको ढोका ढक्ढकाउने बताएकी छन्। उनले भनिन्, “यसले हामीलाई आघात पुर्याएको छ र हामी निराश भएका छौं। तर, हामीले समान ज्यालाका लागि लडिरहने छौं।“

“हामी लिंगकै आधारमा खेलमा विभेदविरुद्धको मुद्दामा विश्वस्त छौंं। साथै प्रतिबद्धतामा पनि स्थिर छौंं,” उनले थपिन्।

तर, क्यालिफोर्नियाको एक जिल्ला अदालतले महिलाको अन्य सुविधा जोडेर पुरुषको भन्दा धेरै तलब पाइरहेको भन्दै मुद्दा खारेजी गरिदिएको हो।

मुद्दा खारेजीपछि गोल्डेन बुट विजेता अमेरिकी महिला स्ट्राइकर मेगन रापिनोइले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, “हामी समानताका लागि फाइट गर्न छोड्ने छैनौंं।”

अमेरिकी महिला टिम गत वर्ष फ्रान्समा सम्पन्न फिफा महिला विश्वकपमा च्याम्पियन भएको थियो। उसले त्योसहित चार पटक विश्वकप उपाधि जितिसकेको छ। त्यस्तै उनीहरूले पाँच पटकको ओलम्पिक मेडल पनि भित्र्याइसकेका छन्।

यसकारण अमेरिकी महिला टोलीलाई विश्वकै शक्तिशाली फुटबल टिमका रूपमा गनिन्छ।

प्रकाशित: May 02, 2020| 16:47 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।