पोखरा– कास्कीको पोखरास्थित एक फर्निचर उद्योगमा शनिबार आगलागी भएको छ।
पोखरा महानगरपालिका–९, नागढुंगानजिक रहेको विशेष फर्निचरमा आगलागी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
आगलागीबाट फर्निचरका धेरैजसो सामग्री जलेर नष्ट भए पनि क्षतिको यकिन विवरण नआएको प्रहरीले जनाएको छ।
बिहान ११ः२० बजे भएको आगलागी एक घन्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। प्रहरी र दमकलको सहायताले आगलागी नियन्त्रणमा आएको थियो।
विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ।