शनिबार, भदौ ६, २०८३

ओली सरकारलाई जोगाउन चिनियाँ हस्तक्षेप !

केपी ओली नेतृत्वको सरकार र पार्टीलाई जोगाउन चीनले हस्तक्षेपकारी भूमिका खेलेको दाबी भारतीय सञ्चार माध्यमहरुले गरेका छन्।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार र पार्टीलाई जोगाउन चीनले हस्तक्षेपकारी भूमिका खेलेको दाबी भारतीय सञ्चार माध्यमहरुले गरेका छन्।

विभिन्न तथ्यहरु दिँदै ‘द इकोनोमिक टाइम्स’ को रिपोर्टमा चिनियाँ हस्तक्षेपको बारे उल्लेख गरिएको छ।

गत साता चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखसँग नेकपाका नेताहरुको वर्तमान अवस्था र कोरोनाको विषयमा छलफल भएको थियो।

त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी चिनपिङसँग टेलिफोन सम्वाद भएको थियो। त्यसलगतै नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छी को सक्रियता झनै बढेको रिपोर्टमा  दाबी गरिएको छ।

नेकपाभित्र देखिएको विवाद र ओली नेतृत्वको सरकारमा पर्ने असरका विषयमा राजदूत यान्छी लागिपरेको र उनले नेकपाका नेताहरुसँग राजनीतिक भेटवार्ता छलफल गरिरहेको रपोर्टमा उल्लेख छ।

नेकपामा विवाद चर्किएको बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग राजदूत होऊ यान्छीले शुक्रबार भेटवार्ता गरेकी थिइन्। प्रचण्ड निवासमा भएको भेटवार्तामा राजनीतिक छलफल भएको थियो।

नेता माधव नेपाल र प्रचण्डले ओलीलाई हटाउन चाहेकोमा चीनले चासो देखाएको रिपोर्टमा भनिएको छ।

रिपोर्टको दाबी अनुसार राजदूत यान्छीले पछिल्लो एक सातामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पटक भेटघाट गरेकी छन्।

रिपोर्टलाई मान्ने हो भने चीनले नेपाल कम्युनिष्ट पार्टी र नेतृत्वको सरकारलाई जोगाउन हरसम्भव हस्तक्षेप गरिरहेको छ।

द इकोनोमिक टाइम्सले प्रकाशित गरेकाे समाचार

प्रकाशित: May 02, 2020| 15:23 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।