शनिबार, भदौ ६, २०८३

३०९ यात्रु बोकेर उड्यो कतार एयरवेज

कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा नेपालमा रोकिएका विभिन्न ५४ मुलुकका ३०९ नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

काठमाडौं - कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहँदा नेपालमा रोकिएका विभिन्न ५४ मुलुकका ३०९ नागरिक लिई कतार एयरवेजको वाइडबडी जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार नेपालस्थित फ्रान्सेली दूतावासले चार्टर गरेको सो उडान कतारको दोहा हुँदै पेरिस पुग्नेछ। जहाजमा युरोपेली मुलुक तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुलुकका नागरिक छन्।

यो उडानसहित लकडाउन अवधिमा कतार एयरवेजको ११ उडान भएको छ। कतारपछि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आठ अन्तर्राष्ट्रिय उडान गरेको छ। नेपालबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।

सरकारले २०७६ चैत ११ देखि देशभर लकडाउन गरेको छ। पछिल्लो पटक आगामी वैशाख २५ सम्म लकडाउनलाई निरन्तरता दिने निर्णय भएको छ। यो अवधिमा गत चैत १० गतेदेखि आगामी जेठ २ गतेसम्म नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ।

प्रकाशित: May 02, 2020| 15:12 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।