शनिबार, भदौ ६, २०८३

धरहरा पुनःनिर्माणकाे काम ४० दिनपछि सुचारु

लकडाउनका कारण रोकिएको धरहरा पुनःनिर्माणको काम सुचारु भएको छ।
 |  शनिबार, वैशाख २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २०, २०७७

काठमाडौं- लकडाउनका कारण रोकिएको धरहरा पुनःनिर्माणको काम सुचारु भएको छ।

लकडाउनको अघिल्लो दिन चैत्र १० गतेबाट रोकिएको पुनःनिर्माणको काम ४० दिन पछि शनिबारबाट सुचारु भएको हो।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले रोकिएको धरहरा पुनःनिर्माणको काम सुचारु जानकारी दिए। उनका अनुसार हाल काठमाडौंमै रहेका ५१ जना कामदारले काम गरिहरको छन्।

लकडाउनपूर्व करिब २ सय कामदार थिए। डेढ सय कामदार लकडाउनको अघिल्लो दिन घर हिँडेका थिए। मानन्धरका अनुसार अधिकांश कामदार सप्तरीका छन्।

धरहरा निर्माण गर्ने कामदार नभएकाले यतिबेला बाह्य काम सुरु गरिएको मानन्धरले बताए। उनका अनुसार तीन तलाको भूमिगत पार्किङ्कको काम सुचारु भएको छ। जसअन्तर्गत ‘मेसिनरी वाल’ निर्माण थालिएको छ। आइतबारदेखि केही घर भत्काउने कार्य पनि सुरु हुने उनले जानकारी दिए।

धरहरा निर्माणका लागि सामग्रीको अभाव नरहेको र कामदारको अभाव रहेको मानन्धरले सुनाए। ‘सामग्री त प्रसस्त छ तर, कामदार छैनन्’ मानन्धरले भने, ‘लकडाउन खुलेर कामदार आएपछि मात्र धरहरा निर्माणको काम सुरु हुन्छ।’

हाल धरहराको १० औँ तला निर्माण सकिएको छ। ११ औँ तलाको काम सुरु हुनेबित्तिकै लकडाउन भएको थियो।

२०७२ बैशाख १२ गतेको भूकम्पले क्षति पुर्याएको ऐतिहासिक धरहराको पुनर्निर्माण आउने असोजभित्र सक्ने गरी तीव्र गतिमा काम भैरहेको थियो।  हालसम्म ३८ प्रतिशत काम सम्पन्न भैसकेको मानन्धरले जानकारी दिए।

दुई वर्षमा सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनले पुनःनिर्माणको जिम्मा पाएको  थियो । तीन अर्ब ४८ करोड खर्च हुने अनुमान गरिएको धरहरा २२ तले हुनेछ।

पहिलाको भन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो छ। धरहरा चढ्नका लागि दुई वटा लिफ्ट र एउटा परम्परागत भर्‍याङ रहनेछ। ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरु गरिएको धरहरा उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ।

धरहरा बाहिर बगैँचा, सङ्ग्रहालय, रङ्गीन जल फोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन्।

 

प्रकाशित: May 02, 2020| 14:54 शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।